नेतृ सुवेदीले गरिन् विप्लव माओवादी परित्याग (विज्ञप्तिसहित)

भैरहवा, जेठ ६ । नेकपा विप्लव समूहकी रुपन्देही नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतवार एक प्रेस विज्ञप्ती मार्फत् उनले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भएपनि अब सो पार्टीमा नरहेको उनले घोषणा गरेकी हुन् ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस बिज्ञप्ती मार्फत सवै पदबाट राजिनामा दिएको समेत बताएकी छिन् । उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफुले राजीनामा दिएको बताएकी छन् ।

विप्लव माओवादी भएको भन्दै प्रहरीलेसमेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफु बाँच्न चाहेकाले राजिनामा दिएको बताइन् ।

कमेन्ट गर्नुहोस्