गाउँपालिकाको मूल ढोकामा बम भेटियो

बझाङ , जेठ ७ । बझाङको छबिसपाथिभेरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेको छ । स्थानीय कर्ण धामीका अनुसार मंगलबार बिहान ९ बजे कार्यालय ढोकामै बम फेला परेको हो । बम कसले राखेको हो भन्नेबारे खुल्न नसकेको बझाङका डीएसपी सूर्यबहादुर केसीले बताए ।

बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको र नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको डीएसपी केसीले बताए ।

कमेन्ट गर्नुहोस्