पाँचथर हत्याकाण्डः मृतक बमबहादुरका ज्वाईँको संलग्नता रहेको आशंका

काठमाडौं, जेठ ७ । पाँचथरमा ९ जनाको विभत्स हत्या घटनाको प्रारम्भिक अनुसन्धानमा एकजनाको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनामा मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका व्यक्तिको संग्लनता रहेको हुनसक्ने आशंका गरेको हो ।

किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका ज्वाईँ हुन् । सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका अर्का ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो ।

स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारकाबीच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।

कमेन्ट गर्नुहोस्