श्रीलंकाद्वारा स्कटल्याण्डलाई ३२३ रनको लक्ष्य

काठमाडौं, जेठ ७ । स्कटल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा श्रीलंकाले ३२३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२२ रन बनायो ।

उसका लागि कप्तान डिमुथ करुनारत्नेले ७७, अभिशक फर्नाडोले ७४, कुशल मेन्डिसले ६६, लाहिरु थ्रिमनले नटआउट ४४, इशुरुवा उडानाले १५, जीवन मेन्डिसले १३ र सुरंगा लकमलले अविजीत १२ रन बनाए । बलिङमा स्कटल्याण्डका ब्राड व्हीलले ३, सफयान सरिफले २, टोम सोले, माइकल लेस्क र मार्क वाटले एकएक विकेट हात पारे । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्