अफगानिस्तानसँग आयरल्याण्ड १२६ रनले पराजित

काठमाडौं, जेठ । आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान विजयी भएको छ । मंगलबार राति भएको खेलमा आयरल्याण्डलाई १२६ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टिम आयरल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

उसका लागि पउल स्टर्लिङले सर्बाधिक ५०, ग्यारी विल्सनले ३४, एन्डी बलर्बिनीले २०, कप्तान विलियम प्रोटरफिल्डले १९, बेरी म्याकरोथीले १८ र केभिन ओब्रायनले १२ रन बनाए ।बलिङमा अफगानिस्तानका कप्तान कुलबिन्दन नाइबले ९.२ ओभरमा ४६ रन दिएर ६ विकेट लिए । यस्तै, रहमत शाह, अफ्ताब आलम र दवाल्ट जर्दानले १–१ विकेट लिए ।

याे पनि पढ्नुस  वेस्ट इन्डिजले बंगलादेशलाई दियो २४८ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि ओपनर मोहम्मद सजादले १४ चौकाको मद्दतमा ८८ बलमा १०६ रन बनाए । यस्तै, रहमत शाहले ६२, हसमुतुल्लाह साहिदीले ४७, अश्गर अफगानले १४ र नजिबुल्लाह जर्दानले ३ छक्का र ७ चौकाको सहयोगमा नट आउट ६० रनको योगदान दिए ।

याे पनि पढ्नुस  नेपालको लगातार दोस्रो जित

बलिङमा आयरल्याण्डका मार्क अदिरले ३, एन्डी म्याकर्बिनले ३, ब्वोइड र्याकिंन र पउल स्टर्लिङले १–१ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानका ब्याट्सम्यान नचल्दा आयरल्याण्डले ७२ रनको फराकिलो जीत निकालेको थियो । अफगानिस्तान मे ३० देखि हुने विश्वकप क्रिकेटमा पनि सहभागिता जनाउँदै छ ।   

याे पनि पढ्नुस  टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाको कारण स्थगित

कमेन्ट गर्नुहोस्