मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

बर्दिया, जेठ ८ । गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना परि एक प्रहरी जवानको मृत्यु भएको छ। वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो।

मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए। उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

याे पनि पढ्नुस  भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा घर गएका थिए। उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए।

कमेन्ट गर्नुहोस्