काठमाडौं, जेठ ८ । मंगलबारका दिन संसदीय समितिको बहसले सबैको ध्यान तानियो । प्रसंग थियो– सांसद अमनलाल मोदीले कुलमान घिसिङमाथि लगाएको आरोप । उनले कुलमानलाई अनियमितता गरेको आरोप लगाएका थिए । जवाफमा कुलमानले भने भ्रष्टाचार गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न समेत तयार रहेको बताएका थिए ।
घटनाक्रमहरुले यो सबै पछाडि कुलमानमाथि तथ्यगत आरोप भन्दा पनि सांसद मोदीको व्यक्तिगत पूर्वाग्रह र इगो थियो भन्ने कुरा खुल्दै गएको छ । यता सामाजिक सञ्जालमा भने कुलमानको पक्षमा लहर नै चलेको छ । बिभिन्न मिडियाले समेत अमनलाल मोदीले आफ्नो निर्वाचन क्षेत्रमा तार तान्ने सम्बन्धी विषयमा कुलमानसँग विगत केही समयदेखि तनाव चुलिएको कारण उनलाई आरोप लगाएको उल्लेख गरेका छन् ।
के देखिन्छ भने तार तान्ने विषयमा मोदी कुलमानसँग असन्तुष्ट थिए । यद्यपी उनले जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा पाँच लाख पाएको खण्डमा तार तान्न दिने कुरा बताएको अनलाइनखबरले उल्लेख गरेको छ । तर प्रश्न उठछ– व्यक्तिगत या निर्वाचन क्षेत्रमा आफूले भनेजस्तो नहुने अवस्थामा एकजना व्यक्तिको इज्जत र प्रतिष्ठामा यसरी आरोप लगाउन मिल्छ ?
के तथ्यहरु नबटुली, यहाँ यसरी यो प्रकारले यसरी आर्थिक अनियमितता गरेको या यसरी यति मितिमा यति बिजुली भारततर्फ निकासा गरेको या अन्य यस्तै तथ्यपूर्ण पक्षहरु नखोजी, वास्तविकताभन्दा माथि आत्मगतरुपमा आरोप लगाउन पाइन्छ ?
कुलमानका बारेमा केही लेखिराख्नु पर्दैन । नेपाली जनतामाझ उनी लोडसेडिङ अन्त्य गर्ने नायकका रुपमा परिचित छन् । नेपाल विद्युत प्राधिकरणभित्र अनियमितता भएको छ या छैन भन्ने कुरा छानबीन नगरिकन, छानबीनले बस्तुनिष्ठ प्रमाणसहित त्यसको पुष्टि नगर्दासम्म यसरी उनीमाथि या अन्य जो सुकैमाथि पनि आरोप लगाउनु राजनीतिक नैतिकताभित्र पर्छ कि पर्दैन ?
व्यक्तिले आफ्नो प्रतिष्ठा निर्माण गर्न लामो संघर्ष गरेको हुन्छ । तर राजनीतिकरुपमा शक्तिमा छु भन्दैमा या प्रश्न गर्न पाउँछु भन्दैमा या कार्वाही गर्न पाउँछु भन्दैमा यसरी नै इगो या बदला लिँदै जाने हो भने यो संस्कृतिले राम्रो काम गर्न खोज्नेहरु