महानगर प्रमुख महर्जन अस्पताल भर्ना

काठमाडौं जेठ ७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । बुधबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ ।

आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उनको शल्यक्रिया गरेको प्रवक्ता महर्जनले बताए ।

शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस

कमेन्ट गर्नुहोस्