एचआइभी संक्रमित सगरमाथाको चुचुरोमा, बन्यो विश्व कीर्तिमान

पोखरा, जेठ ८ । २६ बर्षदेखि एचआईभी संक्रमणविरुद्ध लडिरहेका गोपाल श्रेष्ठले बुधबार सगरमाथाको चुचुरोमा पाइला राखेर नयाँ कीर्तिमान बनाएका छन् । ५६ वर्षीय श्रेष्ठले गत चैत्र २९ गते सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए ।

एचआईभी संक्रमितले केही गर्न सक्दैनन भन्ने आम मान्यतालाई चिर्दै श्रेष्ठले सगरमाथाको शिखरमा पहिलो एचआइभी संक्रमित पुगेको रेकर्ड कायम गरेका छन् । यो विश्व कीर्तिमान पनि हो । एचआइभीबाट संक्रमितले साहसिक काम गर्न नसक्ने, लामो समयसम्म बाँच्न नसक्के भन्ने कुरालाई गलत सावित गरेर एक उदारहणीय ब्यक्ति समेत बन्न सफल भएका छन् ।

याे पनि पढ्नुस  एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्