दैलेखमा जीप दुर्घटना हुँदा १४ जना घाइते

दुल्लु, जेठ ८ । दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकाको कुसापानीतर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सदरमुकामको गणेशचौकको पश्चिम खण्ड नारायण नगरपालिका–२ को जाहारकोट जाने सडक नजिक जीप दुर्घटना भएको हो । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ ।

याे पनि पढ्नुस  दैलेखमा २ घण्टाको अन्तरमा २ भूकम्प

६ सिट क्षमता भएको जीपमा १४ जना यात्रु सवार रहेका बताइएको छ । सडकबाट करिव ५० मिटर तल खसेको जीप रुखमा अडिएको छ । सदरमुकाम नजिकै जीप दुर्घटना भएकोले तत्कालै प्रहरीले घाइतेको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय दैलेखमा उपचार भएको छ ।

याे पनि पढ्नुस  दार्चुला जीप दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

जीपमा सवार बालक सन्दीप विकको होस नखुलेको र दुर्घटनामा घाइते भएका रमेश शाही, हिक्मत बिक, गणेश उपाध्याय, सीमा शाही, केशव शाही, लोकेस शाही, अमृता विष्ट, अर्पण शाही लगायतको उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्