नेपालका ४ खेलाडी समावेश सीपीएलको ड्राफ्ट शुरु (LIVE )


काठमाडौं, जेठ ८ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट लन्डनमा शुरु भएको छ । यो संस्करणको सीपीएल ड्राफ्टको सूचिमा ४ नेपाली खेलाडी पनि समावेश छन् । गत साता सार्वजनिक भएको ड्राफ्ट सूचिमा ४ नेपाली सहित कुल २० देशबाट ५३६ खेलाडी छन् । लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  सीपीएलः सन्दिप आवद्ध टिमलाई लगातार झट्का, पाँचौ विकेट पतन! [LIVE]

नेपालबाट सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल ड्राफ्टमा अटाएका हुन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दीपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा छन् । 

यो वर्षको सीपीएल आउँदो जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ । अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका सन्दीप यो पटक पनि सीपीएलमा छनोट हुने सम्भावना बलियो छ । उनले गत सिजनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । सीपीएलमा ६ टोली रहेका छन् ।  

याे पनि पढ्नुस  सीपीएलः सन्दिपको टिमको खराब प्रदर्शन, सातौं विकेट पतन ! [अपडेट]

कमेन्ट गर्नुहोस्