आगलागीमा परी बैतडीमा एकै परिवारका ३ जनाको ज्यान गयो

बैतडी, जेठ ९ । बैतडीमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

याे पनि पढ्नुस  अब एकल पुरुषलाई पनि भत्ता !

पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । बुधबार राति खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिए पनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ। मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ वर्षयता बसपार्कमा टहरो बनार्इ बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलतर्फ गएको छ ।

कमेन्ट गर्नुहोस्