स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर प्रस्थान

काठमाडौं, जेठ ९ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेका हुन्। पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

याे पनि पढ्नुस  हत्यारा भन्दै प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध मुद्दा दर्ता

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । पत्नी आरजू राणासहित सिंगापुर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम तय  कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्