एजेन्सी । भारतमा भइरहेको लोकसभा निर्वाचनको मतगणना चलिरहँदा मतगणनास्थलमै एक कांग्रेस नेताको हृदयघातका कारण मृत्यु भएको छ । मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको थियो ।
भारतीय सञ्चार माध्यमकाअनुसार मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो । ठाकुरलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन । बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ। मतपरिणाम आजै बेलुका आउने बताइएको छ ।