छोराको खुकुरी प्रहारबाट बाबुको मृत्यु

रुकुम, जेठ ९ । रुकुम पूर्वको भूमे गाउँपालिका–७ गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

विरतले आफ्ना बाबुको बिहान ५ बजे खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्