काठमाडौं, जेठ ९ । ३१ लाख रुपैयाँ नगदसहित काठमाडौं महानगरपालिका–३१ बाट २ जना पक्राउ परेका छन् । भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाइ सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा स्रोत नखुलेको रुपैयाँसहित पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा १४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार अभियुक्तलाई नगदसहित फेला पारेर प्रहरीले पक्राउ गरेको थियो ।