काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेरै बधाई एवं शुभकामना दिएका छन् । बिहीबार सार्वजनिक लोकसभा चुनावको मत परिणामले भारतीय जनता पार्टीको एकल बहुमत आउने निश्चित भएपछि प्रधानमन्त्री ओलीले फोन गरेरै मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि उनले ट्वीटरमार्फत बधाई दिइसकेका थिए।
बिजेपीले पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि पनि मोदीलाई नै अघि सार्ने भएको छ। जारी मतगणनामा अहिलेसम्म बिजेपीले ३४८ स्थानमा विजय हासिल गर्ने देखिएको छ। प्रतिस्पर्धी कांग्रेसले पाँच स्थानमा जितेर ८७ क्षेत्रमा अग्रता कायम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।