जंगलमा छटपटाइरहेको अवस्थामा एक जोडी फेलाः युवकको मृत्यु, युवती बेहोस

दाङ, जेठ ९ । दाङको घोराही उप–महानगरपालिका–१६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाइरहेको अवस्थामा भेटिएका छन् । वडा नम्बर १६ को रातामाटा शीतल सामुदायिक वन क्षेत्रमा आज दिउँसो एक छटपटाइरहेकी युवतीसँगै युवक मृत भेटिएका हुन् ।

याे पनि पढ्नुस  ५ नंं. प्रदेशको राजधानी दाङ : नेता महरा

वन हेर्न गएका सुनिल चौधरीले ती युवा युवती छटपटाइरहेको देखेपछि वडा सदस्यलाई खबर गरेपछि प्रहरीलाई जानकारी गराएपछि ती युवतीको उद्धार गरिएको थियो ।

दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहअनुसार मृतक अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृति गाउँपालिका ८ असरेका १८ वर्षीय राजेश घर्ती र छटपटाइरहेकी त्यसै ठाउँकी १७ वर्षीया गिता केसी हुन् ।

याे पनि पढ्नुस  किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

मृतक युवकको शवलाई पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भइरहेको छ । उनीहरुले विषादि सेवन गरेको प्रहरीले अनुमान गरेको छ । उज्यालो अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्