प्रधानमन्त्री कपः आर्मीद्वारा प्रदेश २ लाई २७९ रनको लक्ष्य, राजु–बिनोदको उत्कृष्ट प्रदर्शन

काठमाडौं, जेठ १० । आजदेखि शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले प्रदेश नम्बर २ लाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर स्थित टीयु मैदानमा भइरहको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनायो ।

उसका लागि लागि राजु रिजालले २ छक्का र ५ चौकाको मद्दतमा १०९ बलमा ९०, कप्तान विनोद भण्डारीले ९ चौकाको सहयोगमा ६१ बलमा ६६ रन बनाए । यस्तै, रोहितकुमार पौडेलले ४७, हरि चौहानले २६, करण केसीले ११ र शुसन भारीले नटआउट १२ रनको योगदान दिए । बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३, राशिद खान, विशाल सुलिङ, बिवेक यादव र सम्साद शेखले एक–एक विकेट लिए । 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । 

कमेन्ट गर्नुहोस्