पूर्वप्रधानन्यायाधीश खत्रीको ९९ वर्षको उमेरमा निधन

काठमाडौं, जेठ १० । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा बुधबार राति सवा १२ बजे ९९ वर्षको उमेरमा उनको निधन भएको हो । अल्जाइमको समस्याले अस्पताल भर्ना गरिएका खत्रीको उपचारका क्रममा निधन भएको भाई बलराम केसीले जानकारी दिए। उनी २०३३ देखि ४२ सालसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीस रहेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगको २ कार्यकाल अध्यक्ष बनेका उनी कानुन सुधार आयोगको पनि अध्यक्ष भएर काम गरेका थिए। उनका २ छोरा र २ छोरी छन्। शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्