साढे ३ करोड भारतीय नक्‍कली नोटसहित ६ जना पक्राउ

काठमाडौं, जेठ १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं नक्कली रुपैयाँसहित छ जना पक्राउ परेका छन् । साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित शुक्रबार दिउँसो छ जना पक्राउ परेका विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।

कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छ जना पक्राउ परेका बताइएको छ । छ पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो । रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्। अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्