नेकपा प्रवक्ता भन्छन्, मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन भएर नै पारित हुन्छ’

काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने दाबी गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए ।

प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक पनि राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने स्पष्ट पारे । राष्ट्रियतालाई मूल आधार बनाएर नै विधेयक अघि बढाउने पार्टीको धारणा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्