अफगानिस्तान विरुद्ध पाकिस्तानका बाबरको शानदार शतक

काठमाडौं, जेठ १० । वान डे विश्वकप क्रिकेट अघि अफगानिस्तान विरुद्धको अभ्यास खेलमा पाकिस्तानका बाबर आजमले शतक बनाएका छन् । उनले ९ चौका र २ छक्काको मद्दतमा ९९ बलमा शतक बनाएका हुन् । बाबरले केही दिनअघि इंग्ल्याण्डसँग भएको एकदिवसीय सिरिजमा पनि शतक लगाएका थिए । 

विश्वकप अघिको पहिलो अभ्यास खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्दैछ । यो समाचार तयार पार्दासम्म उसले ४५ ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको छ । पाकिस्तानले २४५ रन पूरा गर्दा ६ विकेट गुमाइसकेको छ ।

उसले सोएव मलिकले ४४, इमाम उल हकले ३२, फखर जमानले १९, कप्तान सरफराज अहमदले १३, मोहम्मद अफिजले १२, हरिश सोहेलले १ रन बनाएर आउट भए । बलिङमा यो अवस्थामा  मोहम्मद नाबीले ३, राशिद खानले २ र हमिद हसनले १ विकेट लिइसकेका छन् ।  ।

कमेन्ट गर्नुहोस्