नेपालसँग गरिएको श्रम सम्झौता कार्यान्वयन गर्न मलेसिया तयार छः मानव संशाधन मन्त्री

मलेसिया, जेठ ० । । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेरगनले नेपालसँग गरिएको श्रम सम्झौता कार्यान्वयन गर्न मलेसिया तयार रहेको बताएका छन् । बिहीबार मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेरगनबीच संशाधन मन्त्रालयमा भएको भेटमा गत २९ अक्टोबर २०१८ मा नेपालसंग गरिएको श्रम सम्झौताको कार्यानयनका लागि मलेसिया तयार रहेको मन्त्री कुलासेरगनले बताएका हुन् ।

याे पनि पढ्नुस  तलब नपाएपछि मलेसियामा नेपालीसहित सयौं कामदार हड्तालमा

भेटमा द्विपक्षीय सम्बन्ध, श्रम सम्झौता,नेपाली कामदारका समस्या र समाधानका उपाय रोजगारदाताले पूरा गर्नुपर्ने जिम्मेवारी र नयाँ कामदारको स्वास्थ परिक्षण गर्ने सस्थाको छनोट लगायतका बिषयमा छलफल भएको दूतावास स्रोतले जानकारी दिएको छ । बैठकमा दूतावासको तर्फबाट राजदूत उदयराज पाण्डे सहित नियोग उप–प्रमुख कुमार राज खरेल र श्रम काउन्सेलर बद्री कुमार कार्कीको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्