मेस्सीलाई लगातार तेस्रो पटक ‘गोल्डेन बुट’

काठमाडौं, जेठ ११ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी  लगातार तेस्रो वर्ष युरोपको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् । उनले लगातार तेस्रो सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने पक्कासमेत भएको छ ।  

धेरै गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहेका फ्रान्सेली क्लब पिएसजीका युवा खेलाडी केलियन एमबाप्पेले लिग वानको अन्तिम खेलमा शुक्रबार राति आवश्यक ४र गोल गर्न नसकेपछि मेस्सीले गोल्डेन बुट जित्ने पक्का भएको हो । मेस्सी युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडी बनेका हुन् । उनले गो सिजन बार्सिलोनाका लागि ला लिगामा ३६ गोल गरेका छन् ।

कमेन्ट गर्नुहोस्