राजदरबारका पूर्व सैनिक सचिव तारा थापाको निधन

काठमाडौं, जेठ ११ । राजदरबारका पूर्व सैनिक सचिव ताराबहादुर थापाको ७८ वर्षको उमेरमा निधन भएको छ । लेफ्टेनेन् जर्नेल थापा केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए ।

उनको भारतस्थित नयाँ दिल्लीमा उपचारका क्रममा शुक्रबार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनका धर्मपत्नी, दुई छोरा र एक छोरी छन्। थापा राजा वीरेन्द्र शाहका पालामा दरबारका सैनिक सचिव थिए।

कमेन्ट गर्नुहोस्