न्यूजिल्याण्डविरुद्ध विराटको पनि चलेन ब्याट, भारतलाई चौथो झड्का

काठमाडौं, जेठ ११ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि न्यूजिल्याण्ड विरुद्धको पहिलो अभ्यास खेलमा भारतले खराब प्रदर्शन गरेको छ । उसले १०.३ ओभरमै महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ । भारतले ओपनर रोहित शर्मा (२), शिखर धवन (२), केएल राहुल (६) र कप्तान विराट कोहली (१८) लाई गुमाएको हो । रोहित, शिखर र केएललाई ट्रेन्ट बोल्टले तथा कप्तान कोहलीलाई कोलिन डि ग्रेण्डहोमले आउट गर्न सफल भए ।

३० मे देखि सुरु हुने विश्वकप क्रिकेट अघि प्रतियोगितामा सहभागी १० वटै टिमले २ वटा अभ्यास खेल खेलिरहेका छन् । जसअन्तर्गत आज लण्डनमा भारत र न्यूजिल्याण्ड तथा साउथ ह्याम्पटनमा इंग्ल्याण्ड–अस्ट्रेलिया भिडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्