पीएम कपः खेर गयो ज्ञानेन्द्रको शतक, ४१ रनले एपीएफ विजयी

काठमाडौं, जेठ ११ । कीर्तिपुर स्थित टियु मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा एपीएफ विजयी भएको छ । प्रदेश ३ लाई ४१ रनले हराउँदै एपीएफ विजयी भएको हाे ।

एपीएफले दिएको २८९ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । उसका लागि ज्ञानेन्द्र मल्लले ५ छक्का र ८ चौकाको मद्दतमा ११७ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै, कप्तान पारस खड्काले ४६, रित गौतमले २७, सोनु देवकोटाले १५ र जितेन्द्र ठकुरीले १२ रनको योगदान दिए ।

बलिङमा एपीएफका कमलसिंह ऐरीले ३, अविनाश बोहराले २, पृथु बाँस्कोटा र भुवन कार्कीले एकएक विकेट लिए । यसअघि टस टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनायो ।

उसका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले ६ छक्का र ५ चौकाको मद्दतमा १०३ बलमा ९४, कप्तान पृथु बाँस्कोटाले ५८ बलमा ५९ रन बनाए । यस्तै, प्रदीप ऐरीले ४०, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ र अमरसिंह रौटेलाले नट आउट २७ रनको योगदान दिए । एपीएफले दियो पारसको टिमलाई २८९ रनको लक्ष्यबलिङमा प्रदेश ३ का नन्दन यादव, जितेन्द्र ठकुरीले ३–३, पारस खड्का र सूर्य तामाङले एकएक विकेट हात पारे ।

कमेन्ट गर्नुहोस्