समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत मात्र पूरा गर्न सकिन्छः मेयर दाहाल

चितवन, जेठ ११ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिने बताएकी छन् । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा नेपाल प्रहरीको प्रहरी चौकी स्थापनाको लागि महानगरद्वारा ५ कट्ठा जग्गा हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

उनले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सुशासन, सुरक्षा र विकास संगसंगै लैजानु पर्ने बताउँदै त्यसै अनुरूप शान्त र सुरक्षित समाज निर्माण गर्दै अमनचयन कायम राख्नका लागि प्रहरी चौकी स्थापनाका लागि महानगरपालिकाले जग्गा हस्तान्तरण गरेको बताइन् ।

याे पनि पढ्नुस  मलाई पनि क्यान्सर पीडितको पीडाबोध छ– रेणु दाहाल (फोटो फिचर)

कार्यक्रमको प्रमुख अतिथि रहेकी दाहालले प्रहरी विद्यालय संचालनका लागिसमेत विगतमा जग्गा प्रदान गरेको बताउँदै महानगरपालिकाको बिकास, सुशासन र महानगरवासीको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै प्रकारको सहयोग निरन्तर रहने बताइन् । उनले देशको मध्यभागमा रहेको भरतपुर बढ्दो बसोबास र सवारी चापलाई हाल रहेको प्रहरी संख्याले धान्न नसकिरहेको बताउँदै तत्काल पर्याप्त प्रहरी जनशक्तिको ब्यवस्थापन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गरिन् ।

याे पनि पढ्नुस  देशलाई द्रूत गतिमा विकासित गर्न सार्वजनिक निजी साझेदारी उपयुक्त : रेणु दाहाल

कार्यक्रममा भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जग्गा प्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिकाले प्रहरी चौकी स्थापनाका लागि ५ कठ्ठा जमिन प्रदान गरेर नेपाल प्रहरीलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिँदै यस कदमले यस क्षेत्रको शान्तिसुरक्षा अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले शान्ति, सुरक्षा अमन–चयन कायम राख्न सम्पूर्ण प्रहरीलाई निर्देशन दिए । भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा लगायतले मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्