स्मिथको शतक, अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियो २९८ रनको लक्ष्य

काठमाडौं, जेठ ११ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि अभ्यास खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई २९८ रनको चुनौती दिएको छ । इंग्ल्याण्डको साउथ ह्याम्टनमा टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट विकेट गुमाउँदै २९७ रन बनायो ।

उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ३ छक्का र ८ चौकाको मद्दतमा १०२ बलमा ११६ रन जाेडे । यस्तै डेभिड वार्नरले ४३, शन मार्स, एलेक्स केरीले ३०–३०, उश्मान ख्वाजाले ३१, कप्तान आरोन फिन्चले १४ र मार्कस स्टोइनिसले १३ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका लियाम प्लन्केटले ४, लियाम डसन, मार्क उड र टम करनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्