न्यूजिल्याण्डविरुद्ध भारतको लज्जास्पद हार

काठमाडौं, जेठ ११ । मे ३० देखि शुरु हुने एक दिवसीय विश्वकप क्रिकेट अघि भारत विरुद्धको पहिलो अभ्यासमा खेलमा न्यूजिल्याण्ड ६ विकेटले विजयी भएको छ । भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेटको क्षतिमा भेटायो ।

न्यूजिल्याण्डको जीतमा कप्तान केन विलियम्सनले ६७, रस टेलरले ७१, मार्टिन गप्टिलले २२, हेरि निकोल्सले १४ र कोलिन मुनरोले ४ रनको योगदान दिए । बलिङमा भारतका जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजवेन्द्र चहलले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले ३९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । 

याे पनि पढ्नुस  सुखद भविष्यको प्रतीक्षामा नेपाली क्रिकेट, गल्ती सच्याउने अन्तिम अवसर

उसका लागि अलराउन्डर रविन्द्र जडेजाले २ छक्का र ४ चौकाको मद्दतमा ५० बलमा सर्बाधिक ५४ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले ३०, कप्तान विराट कोहलीले १८, कुलदीप यादवले १९, महेन्द्रसिंह धोनीले १७, केएल राहुलले ६, दिनेश कार्तिकले ४, रोहित शर्मा र शिखर धवनले २–२ रनको योगदान दिए । 

याे पनि पढ्नुस  विश्वकप क्रिकेट छनोटः नेपालले आज हङकङसँग खेल्ने

भारतलाई कम स्कोरमै रोक्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले घातक बलिङ गरे । उनले ६.२ ओभर बलिङ गर्दै ३३ रन दिएर महत्वपूर्ण ४ विकेट हात पारे । बोल्टले रोहित शर्मा, शिखर धवन, विराट कोहली र कुलदीप यादवको विकेट लिए । यस्तै, जेम्स नीशमले ३, कोलिन डि ग्रेण्डहोम र लक्कि फग्र्युसनले १–१ विकेट लिए । 

कमेन्ट गर्नुहोस्