स्मिथको शतकमा इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया १२ रनले विजयी

काठमाडौं, जेठ १२ । आइसीसी विश्वकप क्रिकेट अघि इंग्ल्याण्ड विरुद्धको पहिलो अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शनिबार राति साउथ ह्याम्टनमा भएको खेलमा इंग्ल्याण्डलाई १२ रनले हराउँदै अष्ट्रेलिया विजयी भएको हो । अष्ट्रेलियाले दिएको २९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै जित्याे सिरिज

उसका लागि जेम्स विन्सले ६४, कप्तान जोस बटलरले ५२, क्रिस ओक्सले ४०, जोसन रोयले ३२, मोइन अलिले २२, बेन स्टोक्सले २०, लायम प्लेङकटले १९ र जोनि बेयरिस्टोले १२ रन बनाए । बलिङमा अष्ट्रेलियाका जसन फहनड्रफ, केन रिचर्डसनले २–२, मार्कस स्टोइननिस, एडम जाम्पा, नाथन लायन र नाथन कल्टर नाइलले एकएक विकेट लिए । 

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड, सम्भावित प्लेइङ–११

यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट विकेट गुमाउँदै २९७ रन बनायो । उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ३ छक्का र ८ चौकाको मद्दतमा १०२ बलमा ११६ रन जोडे । यस्तै डेविड वार्नरले ४३, शन मार्स, एलेक्स केरीले ३०–३०, उश्मान ख्वाजाले ३१, कप्तान आरोन फिन्चले १४ र मार्कस स्टोइनिसले १३ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका लियाम प्लन्केटले ४, लियाम डसन, मार्क उड र टम करनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्