प्रधानमन्त्री कपः आज आर्मी र प्रदेश १ भिड्दै

काठमाडौं, जेठ १२ । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज त्रिभुन आर्मी क्लब र प्रदेश नम्बर १ भिड्दै छन् । खेल बिहान ९ः१५ बजेदेखि शुरु हुँदैछ । आर्मी दोस्रो र प्रदेश १ पहिलो खेल खेल्न लागेको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री कपः पारसको टिमलाई ११७ रनले हराउँदै आर्मी फाइनलमा

आर्मीमा बिनोद भण्डारी (कप्तान), राजु रिजाल, सोमपाल कामी, करण केसी, रोहित पौडेल, शुसन भारी, हरिबहादुर चौहान, कुशल मल्ल, जितेन्द्र मुखिया, शाहव आलम, भिम सार्कीलगायत खेलाडी छन् । यता प्रदेश १ मा पुष्प थापा (कप्तान), सिद्धान्त लोहनी, कमल खत्री राजन मगर, फिर्दोश अन्सारीलगायत छन् । 

याे पनि पढ्नुस  प्रदेश १ द्वारा कर्णालीलाई २२९ रनको लक्ष्य, सिद्धान्त र अन्सारीको उत्कृष्ट प्रदर्शन

प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

कमेन्ट गर्नुहोस्