साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौं, जेठ १२ । साधना म्युजिक अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ ।

‘साधना म्युजिक अवार्ड २०७६’ का उत्कृष्ट पाँचमा परेकालाई शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

उद्घाटन कार्यक्रम सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सामना म्युजिक क्रियसनका सदस्य सचिव गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उद्घोषण दिप ज्योति थापाले गरेकी थिइन ।

कार्यक्रमलाई रौनकता दिनको लागि विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । साथमा विभिन्न पुष्प गुच्चाले मञ्चलाई सिगाँरिएको थियो ।

कार्यक्रममा रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल, नेपाल पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय, महा लेखा परिक्षण कार्यालयका निर्देशक उपेन्द्र केशर खनाल, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट, मिडिया डवलीका पत्रकार कृष्ण पहाडी लगायतका अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय पत्रकारहरुलाई समेत सम्मान गरिने पनि घोषणा गरिएको थियो । अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । सामना म्यूजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

कार्यक्रमलाई सफल बनाउनको लागि सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह, कार्यक्रम निर्देशक गौत्तम शेर्पा, सदस्य सचिव गोकर्ण लामिछाने लगायतको उल्लेखनीय भुमिका रहेको थियो । प्रमाणपत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्