लौरीको सहारामा जीवन चलाउँदै, अपांग विवाह गरेको भन्दै परिवारबाटै बहिष्कार

काठमाडौं, जेठ १२ । तनहुँ व्यास नगरपालिका वडा नं ८ मा बसोवास गर्ने उजेली नेपाली र उनका परिवारको व्यथा अचम्मको छ, अरुकै जग्गामा अस्थायी बासको कटेरो बनाएर बसोबास गर्दै आएका यो परिवार यतिबेला भने माइतमा बस्दै आएका छन, अपाङगसँग विवाह गरर्यो भनेर घरका सदस्यले पनि वास्ता गर्न छोडे, उनी हिड्न सक्दिनन्, न त केही काम नै गर्न सक्छिन । सानैदेखि लौरोको साहरामा यताउता हिँड्डुल गर्ने उजेलीका श्रीमान रमेश विश्वकर्मासँगै १ छोरा र १ छोरी छन्, उजेली केही काम गर्न सक्दिन् । तर, राज्यले उनलाई अपाङगको स्थान पनि नदिएकोमा उनको चित्त दुखाई छ ।

३१ वर्षीय उनका श्रीमान रमेशको पनि घर छैन न त जग्गा जमिन नै छ, सानैमा बुवा गुमाएका उनी भन्छन् वडाले बसाईसराइको कागज माग्छ नागरिकता बनाएको वडाले हाल बसेको ठाउँको लालपुर्जा माग्छ, बस्ने बास र खाने गास नभएको मैले कहाँ गएर ल्याउने लालपुर्जा ? अपाङगसँग विवाह गर्यो भनेर परिवारका अरु सदस्यले पनि उनलाई हेरेनन् । उनी भन्छन, बसाई सराइको कागज नहुँदा आफनो छोराछोरीको जन्मदर्ता गर्न पनि पाएका छैनन् । उनी भन्छन्– चुनावको बेलामा घर बनाइदिन्छु भन्दै आएपछि जितेपछि कहाँ गए–गए फर्किएर आएनन्, अपाङग श्रीमति लिएर बसेका उनी दिनभर मजदुरी गर्छन र बेलुकी चुलोमा आगो बाल्छन, काम गरेन भने सबै भोकै बस्नुपर्छ ।

यस्तो पीडा त कसैलाई पनि नहोस् । उनी भन्छन्– उनीहरुको कथा पनि साह्रै दर्दनाक रहेछ । यी दुई दम्पत्तीको यस्तो छ पीडा हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्