दरौंदी नदीमा टिपर खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखा जेठ १२ । गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरबाट टिप्पर दरौँदी नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक बेपत्ता भएका छन् ।

चालक सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय सुमन खड्काको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ता सहचालकको परिचय खुलेको छैन । दुर्घटनामा स्थानीय जनक गुरुङ घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

शनिबार राति १० बजे बा ५ ख १९८२ नम्बरको टिप्पर सडकबाट दरौँदी नदीमा खस्दा दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्