उद्योगमन्त्री यादवद्वारा चितवन प्रदर्शनी केन्द्रको अवलोकन

चितवन, जेठ १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँगै उद्योग सचिव यामकुमारी खतिवडाको टोलीले चितवन प्रदर्शनी केन्द्रको निर्माणाधिन भवनको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्ष खिमलाल भण्डारी, कार्यसमिति सदस्यहरु बिष्णुप्रसाद पौडेल, जीतबहादुर हमाल, गोपालप्रसाद गैरे, जिल्लास्थित राजनीतिक दलका नेतालगायतको समेत उपस्थिति रहेको थियो ।

अवलोकनको क्रममा मन्त्री यादवले नेपालको केन्द्र भागमा बन्दै गरेको प्रदर्शनी केन्द्रले औद्योगिक क्षेत्रको प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले देशकै गौरवको रुपमा पहिचान दिने हिसाबले बन्दै गरेको प्रदर्शनी केन्द्र आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण रहने र त्यस परियोजना निर्माणका लागि आफू र आफ्नो मन्त्रालयबाट महत्वपूर्ण सहयोग रहने समेत बताए ।

कमेन्ट गर्नुहोस्