काठमाडौंका २ स्थानमा सिलिण्डर विस्फोट, ३ जनाको ज्यान गयो

काठमाडौं, जेठ १२ । सुकेधारा र अनामनगरको घट्टेकुलोमा सिलिण्डर विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । थप ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन् ।’

याे पनि पढ्नुस  बर्दियाको मधुवन नगरपालिकाको कार्यलयमा विस्फोट

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्याइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

कमेन्ट गर्नुहोस्