ललितपुरको लगनखेलमा भेटियो प्रेसर कुकर बम

ललितपुर, जेठ १२ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम भेटिएको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।

कमेन्ट गर्नुहोस्