यसरी लेखियो कृष्ण सेन ‘इच्छुक’ मारिएको खबर

काठमाडौं, जेठ १३ । २०५९ सालको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो , कृष्णलाई त मर्यो नि १ को कृष्ण रु उसले सबै भन्न सकेन ।

संकटकालको बेला थियो – सेना प्रहरी सबैले प्रेसलाई सताईराखेको अवस्था थियो । दरबार हत्याकान्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यीक्त कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै प्रहरी अफिसर थिए ।

फोन आएपछि हामीले यस विषयमा छलफल गरयौं । तर कन्फूजन भयो । मारिएका ब्यीक्तको नाम कृष्ण मात्रै भनिएको थियो । जवकी प्रक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का, अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं ।

अर्को हप्ता सोमबार फेरी फोन आयो । स्रोतले भन्यो – तपाईहरु समाचार छाप्न डराउनुभएछ यार । हामीले भन्यौं, किन डराउनु र को कृष्ण भन्ने डिटेलमा भन्नुपरयो नी । उसले भन्यो, त्यो पत्रकार कृष्ण के त । यसपछि भने मारिने ब्यीक्त कृष्ण सेन इच्छुक नै रहेछन भन्ने पक्का भयो ।

उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको ।

घटना के हो भनेर सोध्दा स्रोतले भन्यो, –बसेर केरकार गर्दागदै ढली गो नि । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको, अलिअलि गर्दागदै ढल्यो ।

कृष्ण सेनको हत्या हुँदा त्यहा को को थिए रु यो प्रश्नमा स्रोतले भन्यो , तत्कासिलन भ्याली डिआइजी अमरसिंह शाह, डिएसपी विक्रम थापा, ज्याडगो ज्यान गरेका इन्स्पेक्टर कमल खाँड थिए । उनीहरुले कुटेर मारे । अनि लास के गरे त रु पिकअप गाडीमा हालेर लगे र विष्णुमति तिर सेलाए । पोल्नुभन्दा पहिले इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए ।

स्रोतले हामीलाई यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा कृष्ण सेन पशुपतिमा खरानी शीर्षकमा समाचार लेख्यौं । अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरी महेश्वर दाहाल केन्द्रीय सदस्यमा उठेका थिए । हामीवीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तात्कालिन भ्याली डिआइजी अमरसिंह शाहलाई पनि सोधे । उनले भाई, लेख्नचही नलेख्नुहोस, तर अलिअलि तितोमिठो गर्दागदै गयो क्या भने । अर्को हप्ता जनआस्थाले फलेअप स्टोरी गर्ने क्रममा फेरी पूरानो स्रोतलाई सोधे, आखिर सेनलाई मारियो चही कसरी त रु

स्रोतले भन्यो, तिनै डिआईजी अमरसिंहले कृष्ण सेनलाई सोधे, ल भन त पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी तैले के ठानेको छस् र तैले के गर्न सक्छन् रु कृष्ण सेन त्यक्ति बोलिराखेका थिएनन र उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।

सेनको हत्यासम्वन्धि समाचार आएपछि गृहमन्त्रालयले यसवारेमा छानविन गर्न श्रीपुरुष ढकालको नेतृत्वमा आयोग पनि बनाएको थियो । हरिहर बस्तीले पोष्टमार्टम गरेको भन्ने त्यसमा रिपोर्ट पनि छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोर्कणको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने त्यसमा रिपोर्ट छ । आयोगमा हामीलाई पनि बयान लिन बोलाइएको थियो । तर हामी गएनौं ।

कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथी चर्को प्रहार भयो । त्यक्तिवेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । दृउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्को दबाब आयो । पत्रकार गोपाल वुढाथोकीलाई पनि त्यही वेला सेनाले अपहरण गरेको स्थिती थियो ।

म भागीभागी हिडनुपरेको थियो । तात्कालिन प्रधानसेनापति प्रज्वलसम्शेरको समाचार लेख्दा मलाई प्रक्राउ पनि गरियो । तत्कालिन सेनापतिसँग मेरो झगडै भयो, उनले तँलाई सुट गर्छु सम्म भने । पञ्चायतमा विर्मश साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठायारो थियो, त्यो बेला जनआस्थावाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो ।

कमेन्ट गर्नुहोस्