प्रधानमन्त्री कपः पारसको टिमले पायो १२३ रनको लक्ष्य

काठमाडौं, जेठ १३ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकविदसीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले प्रदेश नम्बर ३ लाई १२३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको प्रदेश पाँच ४२ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनमा अल आउट भयो ।

उसका लागि सुविन्दु पाण्डेले सर्बाधिक २०, सुरज दरालले १८, सन्दीप सुनारले १४ रन बनाउँदा अल्यले दोहोरो दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा प्रदेश ३ का कप्तान पारस खड्काले ४, सूर्य तामाङले ३, नन्दन यावले २ र प्रतिश जिसीले १ विकेट लिए ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

कमेन्ट गर्नुहोस्