सिक्किमका नयाँ मुख्यमन्त्री बने प्रेमसिंह तामाङ

काठमाडौं, जेठ १३ । प्रेम सिंह तामाङ (गोले) सिक्किमको मूख्यमन्त्री बनेका छन्। पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै तामाङ मूख्यमन्त्री बनेका हुन् ।

मूख्यमन्त्रीसँगै आजै उनको मन्त्रीपरिषद् पनि गठन हुनेछ। उनको ११ सदस्यीय मन्त्रीपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन्। त्यसैगरी भ्रष्टाचारी ठहर गरेका व्यक्ति मूख्यमन्त्री बनेकाले पूर्व मूख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ।

गत बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो। चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको थियो।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।

कमेन्ट गर्नुहोस्