आफ्नै वरिष्ठबाट जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

काठमाडौं । आफ्नै वरिष्ठबाट पटकपटक हुने गरेको जातीय दुर्व्यवहार सहन नसकेर मुम्बइको नायर अस्पतालकी एक मेडिकल छात्रा पायल तडवीले आत्म हत्या गरेकी छन् । जातीय दुर्व्यवहारयुक्त टिप्पणीबारे जानकारी गराए पनि अस्पताल प्रशासनले कुनै कदम नचालेको परिवारजनको आरोप छ ।

जब म पायलसँग कुरा गर्थे उसले तीन वरिष्ठ चिकित्सकको नाम लिएर उनीहरुले आफूमाथि जातीय दुर्व्यवहार गरेको बताउने गर्थिन् । यसबारेमा अस्पताल प्रशासनलाई पनि जानकारी गराइएको थियो तर केही भएन । हामीलाई न्याय चाहियो,’ पायलकी आमा अवेदाको भनाई छ ।

पायल नायर अस्पतालमा सन् २०१८ मा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिइन् । आरक्षित कोटामा प्रवेश गरेका कारण उनीभन्दा वरिष्ठ चिकित्सकले लामो समयदेखि उनीमाथि निरन्तर जातीय दुर्व्यवहार गर्दै आएका थिए ।

पायलले यसबारे होस्टलका अधिकारी र अस्पताल प्रशासनसमक्ष उजुरी गरे पनि सुनुवाई हुन नसकेपछि उनले गत मे २२ मा आत्महत्या गरेको समाचार आइतबार एएनआईले प्रकाशन गरेको छ ।

कमेन्ट गर्नुहोस्