पीएम कपः सुदूरपश्चिमविरुद्ध एपीएफ विजयी

काठमाडौं, जेठ १३ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकविदसीय क्रिकेट प्रतियोगितामा एपीएफ लगातार दोस्रो खेलमा पनि विजयी भएको छ । आज सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ लगातार दोस्रो खेलमा पनि विजयी भएको हो ।

पहिलो खेलमा उसले पारस खड्का कप्तान रहेको प्रदेश ३ लाई हराएको थियो । आज सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि शरद भेषवाकरले २६, सन्दीप जोराले २२, सुमित महर्जनले १५, प्रदीप ऐरीले १०, आशिफ शेखले ३, भुवन कार्कीले २ र शंकर रानाले १ रन बनाए । यस्तै कप्तान पृथु बाँस्कोटा ३२ रनमा अविजीत रहे । बलिङमा सुदूरपश्चिका विनोद लामाले ३, कप्तान शेर मल्लले २ विकास आग्री र नरेन्द्र साउँदले समान एक विकेट लिए ।


यसअघि कीर्तिपुर थित टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा अल आउट भयो । उसका लागि लोकेश बमले सर्बाधिक ३०, खडक बोहराले १९, बिपिन रावलले २१, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा एपीएफका अविनाश बोहराले २, पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्