काठमाडौं, जेठ १३ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि अफगानिस्तान विरुद्धको अभ्यास खेलमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको छ । १६१ रनको सामान्य लक्ष्य पाएको इंग्ल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि जसोन रोयले शानदार प्रदर्शन गरे । ४ छक्का र ११ चौकाको मद्दतमा ४६ बलमा नट आउट ८९ रन बनाए । यस्तै, जोनि बेयरिस्टोले १ छक्का र ७ चौकाको सहयोगमा ३९ र जो रुटले नट आउट २९ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका मोहम्मद नाबीले एक विकेटले लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले ३८।४ ओभरमा सबै विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद नाबीले सर्बाधिक ४४, नूरअलि जर्दानले ३०, हसमुत्लाह शाहीदीले १९, गुलबिन्दन नइबले १४, अश्गर अफगानले १०, हजरतुल्लाह जजाईले ११ र दवाल्ट जर्दनले अविजीत १४ रन बनाए ।
बलिङमा न्यूजिल्याण्डका जो रुट, जोफ्रा आर्चरले ३–३, मोइन अलि र बेन स्टोक्सले एकएक विकेट लिए । मे ३० देखि शुरु हुने वान डे विश्वकप अघि प्रतियोगितामा सहभागी १० वटै टिमले २–२ अभ्यास खेल खेलिरहेका छन् ।