नेपालमै प्रथमपटक महिला गोल्डकप प्रतियोगिता हुने

काठमाडौं, जेठ १४ । नेपालमा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रथम संस्करण भर्खरै स्थापना भएको शैलेश्वरी स्पोर्ट क्लब धनगढीले आयोजना गर्ने भएको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ५ देखि १४ गतेसम्म धनगढीस्थित रंगशालामा प्रथम अपी सैपाल गोल्डकप आयोजना गर्ने जनाएको छ । सो प्रतियोगितामा सात प्रदेशका सात र तीन वटा विभागीय टिमको सहभागिता हुने क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता टीमलाई पाँचलाख एक हजार, उपविजेतालाई दुई लाख ५१ हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी हरेक विधाका उत्कृष्टहरुलाई जनही १०र१० हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ५र५ हजार पुरस्कार दिइने छ । खेलकूदको विकास नै शुखी नेपाली समृद्ध नेपाल निर्माणको प्रमुख आधार भन्ने नाराको साथ प्रतियोगिताको सन्चालन गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्