आज पनि चम्किँए पारस र सूर्य, गण्डकी १०८ रनमै अल आउट

काठमाडौं, जेठ १४ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पारस खड्का कप्तान रहेको प्रदेश ३ लाई १०९ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले ३०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर  १०८ रन मात्र बनाउन सक्यो । 

याे पनि पढ्नुस  पीएम कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै, कसले बाजी मार्ला ?

उसका लागि सुमन घिमिरेले ३४, आशाक थापाले २८ र राहुल शर्माले १० रन बनाए । अन्य खेलाडीले दोहोरो  अंकसमेत जोड्न सकेनन् । बलिङमा कप्तान पारस खड्का र सूर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे । पारसले ८ ओभरमा एक मेडनसहित १८ रन दिएर ४ विकेट लिए । यस्तै सूर्यले ८.१ मा एक मेडन ओभरसहित २९ रन खर्चिएर ४ विकेट हात पारे । त्यस्तै नन्दन यादवले गण्डकीको २ विकेट लिए । 

याे पनि पढ्नुस  पीएम कपः पुलिसको घातक बलिङ, ४० रनमै समेटियो एपीएफ

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

कमेन्ट गर्नुहोस्