आर्मीद्वारा कर्णालीलाई २९१ रनको लक्ष्य, राजु–रोहित र हरिकृष्णको अर्धशतक

काठमाडौं, जेठ १४ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुन आर्मी क्लबले कर्णाली प्रदेशलाई २९१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनायो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री कपमा पारसको टिमको शानदार जीत

उसका लागि ओपनर राजु रिजालले ६६, हरिकृष्ण झाले ५५, रोहितकुमार पौडेलले ५६, करण केसीले २८, हरि चौहानले ११, लोकेन्द्र चन्द र शाहव आलमले नट आउट १६–१६ रन बनाए । बलिङमा कर्णालीका ललित प्याकुरेलले ९ ओभर बलिङ गर्दै ५ विकेट लिए । यस्तै, रविन्द्र शाहीले २ र प्रकाश जैशीले एक विकेट हात पारे । केही बेरमा कर्णालीले जवाफी ब्याटिङ गर्नेछ ।

याे पनि पढ्नुस  पीएम कपः पुलिसको घातक बलिङ, ४० रनमै समेटियो एपीएफ

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री कपः दिपेन्द्र चम्किँएपछि प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

कमेन्ट गर्नुहोस्