काठमाडौं, जेठ १४ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि बंगलादेश विरुद्धको अभ्यास खेलमा पनि भारतीय टिमका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन् ।
न्यूजिल्याण्डविरुद्ध २ रनमै मैदान बाहिरिएका शिखर बंगलादेशसँगको खेलमा १ रन बनाउँदै आउट भए । उनलाई बंगलादेशका मुस्तफिजुर रहमानले आउट गर्न सफल भए । दोस्रो अभ्यास खेलमा भारतले टस हारेर ब्याटिङको मौका पाएको छ ।