प्रधानमन्त्री कपः आर्मीसँग कर्णाली प्रदेश ११७ रनले पराजित

काठमाडौं, जेठ १४ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज कर्णाली प्रदेशलाई ११७ रनले हराउँदै आर्मी लगातार तेस्रो खेलमा पनि विजयी भएको हो । यो जीतसँगै आर्मी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । २९१ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  आर्मीद्वारा कर्णालीलाई २९१ रनको लक्ष्य, राजु–रोहित र हरिकृष्णको अर्धशतक

उसका लागि सुशान्त थापाले ३०, दिवान पुनले २६, यूनिश सिंहले २०, कप्तान रविन्द्र शाहीले १३, दिनेश अधिकारीले ११ र ललित प्याकुरेलले नट आउट २८ रन बनाए । बलिङमा आर्मीका सुशान भारीले ४, करण केसी, शाहव आलमले २–२, हरि चौहान र कुशल मल्लले एक–एक विकेट हात पारे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनायो । उसका लागि ओपनर राजु रिजालले ६६, हरिकृष्ण झाले ५५, रोहितकुमार पौडेलले ५६, करण केसीले २८, हरि चौहानले ११, लोकेन्द्र चन्द र शाहव आलमले नट आउट १६–१६ रन बनाए । बलिङमा कर्णालीका ललित प्याकुरेलले ९ ओभर बलिङ गर्दै ५ विकेट लिए । यस्तै, रविन्द्र शाहीले २ र प्रकाश जैशीले एक विकेट हात पारे ।

याे पनि पढ्नुस  आर्मीद्वारा कर्णालीलाई २९१ रनको लक्ष्य, राजु–रोहित र हरिकृष्णको अर्धशतक

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

याे पनि पढ्नुस  आर्मीद्वारा कर्णालीलाई २९१ रनको लक्ष्य, राजु–रोहित र हरिकृष्णको अर्धशतक

कमेन्ट गर्नुहोस्